दमक,२९ भदौ । नेपाल विद्यार्थी संघ झापाका सचिव तथा दमकको बेलडाँगी रोडमा अवस्थित कर्म व्यूटी सैलुनका सञ्चालक जितेन साम्पाङ राईले आफनो जन्मदिन फरक ढंगले मनाएका छन् ।उनले जन्मदिनमा गरिने तडकभडक भन्दा रचनात्मक कार्य गरि आज आफनो जन्मदिनलाई फरक ढंगले मनाएका हुन् ।
समाजका लागि केहि गरौ भन्ने भावनाका धनी उनले आफनो जन्मदिनसहित बाल दिवसको अवसर पारेर दमक -९ स्थित बाल आश्रमका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेका हुन् ।सहायता सामाग्रीहरु आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेललाई हस्तान्तरण गरिएको हो ।यसैगरि, उनले दमक ७ का सुकुम्बासी बस्तीका ५० जना बालबालिकाहरुलाई समेत कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु प्रदान गरेका थिए ।
सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रममा संघका जिल्ला उपसभापति द्रोण दाहाल ,निबर्तमान जिल्ला कोषाध्यक्ष नवराज ढकाल, नेविसंघ झापाका सहसचिव सुनील हताछो राई ,नेविसंघ जिल्ला सदस्य ललित मगर ,नेविसंघ कमलका अध्यक्ष अनिल सम्बाहाम्फे , प्रदेश नं १ कोन्पाइ सचिब सन्देश राई ,प्रदेश नं १ कोन्पाइ सदस्यद्धय रुस्तम मगर रोहन राई लगायतका विद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।