दमक,४ भदौ । दमक जेसीजले सोमबार दमक–५ स्थित मोडल क्याम्पसका विद्यार्थीहरुलाई सफल क्यारियरका लागि एक दिने जीवनपयोगी तालिम सञ्चालन गरिएको छ ।दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षता तथा दमक जेसीजका बोर्ड अफ ट्रष्टका अध्यक्ष लोकबहादुर अधिकारी प्रमुख आतिथ्यता भएको तालिममा क्याम्पसमा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल जेसीजका प्रशिक्षक दिपेश बराईलीले सहजीकरण गरेका थिए ।
तालिम उद्घाटनमा दमक जेसीजका संस्थापक पदम कोइराला , कलेजका सञ्चलाक सुबास बुढाथोकी लगायतको उपस्थिति रहेको सो तालिमका संयोजक सरोज ढकालले बताए ।
कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षद्धय नेत्रप्रसाद चम्लागाई , सन्तोष अधिकारीले जेसीजमा आफ्नो अनुभब र सुझाव राखेका दमक जेसीजका कार्यकारी उपाध्यक्ष सहदेव भट्टराईले बताए ।