जीवनचक्र समाजको अध्यक्षमा पुनः गौतम

दमक, ४ भदौ । सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान कार्य प्रति अभिप्रेरित गरिआएको सामाजिक संस्था जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेशप्रसाद गौतम चुनिएका छन् ।आज पाथीभरा होटलमा आयोजक संस्थाको ५ओै स्थापना दिवस तथा बार्षिक साधारणसभाले हलुका सवारी चालक समेत रहेका गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बेनु प्रसाईं ,सचिवमा गणेश प्रधान ,प्रवक्तामा टेकनाथ भण्डारी र कोषाध्यक्षमा बिदुर भण्डारी चुनिए । यसैगरि सदस्यहरुमा सिद्धार्थ दाहाल, खगेन्द्र बराल, डिल्ली प्रसाद अधिकारी,डा.लेखनाथ न्यौपाने र बिन्दु सिटौला(लक्की ) चुनिएका छन् ।
संस्थाको अक्षयकोष दाता सिताराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा होटल व्यवसायी महासघ कोशी प्रदेश अध्यक्ष राजन दगांल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य विष्णु सुब्बा, पत्रकार अनिलदेव राई, शैक्षिक व्यक्तित्व पारस आचार्य लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभा उद्घाटनमा अध्यक्ष गौतमले अध्यक्षको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरेको थियो ।
नयाँ नेतृत्व चयन गर्न पत्रकार सुब्बाको संयोजकत्वमा अनिलदेव राई, पारष आचार्य रहेको तीन सदस्यीय निर्वाचन मण्डली चयन गरेको थियो । निर्वाचन मण्डलीका तर्फबाट संयोजक सुब्बाले बधाई शुभकामना तथा नवनिर्वाचित अध्यक्ष गौतमले प्रतिवद्धता मन्तव्य राखेका थिए । साधारणसभा सम्पन्न गर्न होटल व्यवसायी दंगालले हल तथा खाजाको बन्दोबस्तीमा समेत सहयोग पुरयाँएका थिए ।

Leave a Reply

Your email address will not be published.