तेह्रथुममा करेन्ट लागेर बृद्धाको मुत्यु

तेह्रथुम,२ भदौ । करेन्ट लागेर शनिबार बिहान तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा एक बृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।
घरको मूलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

घाँस काट्दा लडेर मृत्यु
जंगलमा स्याउला काट्न रुखमा चढ्दा उदयपुर ,त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको लडेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् । तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.