चुलाचुलीका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु प्रदान

दमक, १ भदौं । सामाजिक कार्यमा सक्रिय क्लब हिमालयन टाइगर दमक शाखाले आज इलामको चुलाचुली -१ स्थित हात्तिलेदामा रहेको शिबज्योति आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
क्लब हिमालयन टाइगर दमक शाखाका कार्यवहाक अध्यक्ष मेघनाथ फुयालको अध्यक्षता तथा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवले सो विद्यालयमा अध्ययनरत ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्यागसहित पेन्सिल, इलेजर लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको क्लबका सचिव तीर्थराज राईले बताए ।
सो कार्यक्रममा क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवतचन्द्र भण्डारी, दमक शााखाकी सहसचिव सविना राई साङपाङ,क्लवका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
वितरण गरिएका स्कूल झोला दमक उद्योग वाणिज्य संघका सदस्य तथा युवा व्यवसायी तुलसीराम तिम्सिनाले आफनो जन्मदिनको अवसरमा २० थान , दमक–६ थाना रोडस्थित आमा डेन्टलबाट ५ थान सहयोग पुरयाँएका थिए ।
त्यस्तैं, कविता बुक्स स्टेशनरी र भूमि निरौलाले पेन्सिल ,ईलेजरसहित जुस उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published.