दमकमा ‘कोरा साइकिलिङ महोत्सव’ हुने

दमक ,२७ असार । दमकमा यहि असार ३० गते ‘कोरा साइकिलिङ महोत्सव’ हुने भएको छ । दमक ८ सेतुमारी मार्गस्थित एड्भेन्चर इक्युपमेन्टले यसवर्ष पनि अघिल्ला वर्षझै यसवर्ष कोरा साइकिलिङको आयोजना हुने भएको हो ।
एड्भेन्चरका सञ्चालक भिषणदीप राईका अनुसार स्वस्थ्यका लागि साइकिलिङ भन्दै यसवर्ष पनि साइकिलिङ महोत्सव गर्न लागिएको छ । महोत्सव भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनले बताएका छन् । साइकिलिङ सेतुमारीबाट शुरु भई राजमार्ग हुदै केर्खा,मुजुरभिट्टा भएर पुनः दमकमा आएर समापन गरिने उनले सुनाए ।विहान ५.३० वजे ९ वजेसम्म चल्ने सो साइकिलिङमा चार दर्जन बढी साईकलयात्री सहभागि हुने छन् । साइकिलिङमा सहभागिका खुला राखिएको जनाइएको छ ।
सोहि दिन दमकसहित पूर्वका इटहरी, विर्तामोड,धरान लगायतका मुख्य शहर,वजारहरुमा कोरा साइकिलिङ महोत्सव हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published.