खोजकर्ता- लेखक तिम्सिनाको “माईखोलादेखि पूर्नवाससम्म“ सार्वजनिक

-छविराज ढकाल
पथरी शनिश्चरे, २१ जेठ । खोज अनुसन्धानकर्ता- लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १० औं कृति का“माईखोलादेखि पूर्नवाससम्म“पुस्तक प्रकाशित गरेका छन्।सन् १९९० देखि नेपालीभाषी भुटानी शरणार्थीहरूको कारूणिक शरणार्थी जीवन भोगाइदेखि विश्वका विभिन्न देशहरूमा पूर्नवाससम्मका विविध घटना र नक्कली भुटानी शरणार्थी प्रकरण बारेका पछिल्ला घटनाक्रमबारे यूवा लेखक दिपेन्द्रले यस पुस्तकमार्फत आमपाठक माझ ल्याएका हुन् ।
यो ऐतिहासिक दस्तावेजको रुपमा स्थापित गर्न र मानव अधिकारको आधारभूत सिद्धान्त अनुसरण गर्नबाट वञ्चित रहेका भुटानी शरणार्थीहरूको कारूणिक जिवनमा मल्हमपट्टी लगाउन पनि पक्कै सहायक हुने उर्लाबारी बहुमुखी क्याम्पसको प्राध्यापक केशवराज निरौला टिप्पणी गर्छन् ।
करिब आधाभन्दा बढी महिनाहरू खर्चिएर प्रकाशित गरिएको उक्त पुस्तकले नेपाल सरकारलाई समेत पूर्वी नेपालको झापा जिल्लाको दमकस्थित वेलडागी र मोरङको पथरीशनिश्चरे स्थित शनिश्चरे शरणार्थी शिविरमा बस्दै आएका ६ हजार बढि सकली भुटानीहरुको विद्यमान समस्या समाधान गर्नका लागि सहज र सरल रुपमा उपायहरु सुझाउने विश्लेषण गरिएको छ ।
जीवन संघर्षको सुरूवातीमा पथरीशनिश्चरे क्षेत्रमा रहेर पूर्वी नेपालमा लोकप्रिय राष्ट्रिय दैनिक“ ब्लाष्ट“ तथा एफ एम रेडियोमा झण्डै १ दशक लामो पत्रकारिताको अनुभव र पथरी जेसीजको माध्यमबाट आफुलाई सशक्त बनाउदै लेखन –क्षमतालाई निखारिरहेका ा सकृय यूवालेखक तिम्सिनाले यस अघि ९ वटा खोजमूलक तथा ऐतिहासिक पुस्तकहरू प्रकाशित गरिसकेका छन् । उनका पथरी गाविसको’ टेलिफोन डायरी -२०६८’ प्रकाशन गरेसँगै पुस्तक लेखन –यात्रामा हौसिएका लेखक दिपेन्द्रले क्रमशः मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी -२०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण -२०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण- २०७८ , धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म -२०७८, इतिहासमा पथरी शनिश्चरे -२०७८ ,मोरङका जनप्रतिनिधि सङ्गालो -२०७९ यस अघि प्रकाशित गरिसकेका छन्।
स्वतन्त्र पत्रकार तथा प्राध्यापक केशव निरौलाको भाषा संपादन र दमक स्रष्टा छापाखानामा मुद्रण गरिएको उनको यो पछिल्लो (विसं २०८० मा प्रकाशित ) पुस्तकभित्र १३० वटा विषयवस्तुहरू समेटिएका छन् ।
जसको इतिहास खण्ड अन्तर्गत राम शाहको पालामा ४०÷५० घर नेपालीहरूलाई बाटोघाटो बनाउन भुटानमा लगिएको उल्लेख छ भने गुठीको कारण ४ सय वर्ष पुरानो नेपाल–भुटान धार्मिक सम्वन्ध बलियो रहेको चर्चा छ ।
पुस्तकमा गुरु पद्म सम्भव, हलेसी महादेव र नेपाल– भुटानविच सम्बन्ध , हलेसी भगवानको भाकल गरेर जिग्मेसिग्मे जन्मेको विश्वास , विजयपुर र भुटानबीच भएको युद्ध , नागरिकता ऐन र जनगणनाबाट नागरिलाई गरिएको वर्गीकरण, नेपाल – भुटान बिच भएका वार्ताहरु, भूटानी राजाको जन्म काठमाडौँमा ,जेलमा चरम यातना भोगेका भुटानी नेता टेकनाथ रिजाल, ४ सय वर्षअघि नेपाली भुटानी भुटान गएको डा. डिएन ढकालको भनाई, भुटानका चर्चित हत्याकाण्ड, भुटानी इतिहासको घटनाक्रम, पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा, नेपालमा रहेका तत्कालिन भुटानी शरणार्थीको शिबिर र क्याम्प कमिटीहरू, भुटानी राजकीय इतिहास, भुटानी नेता आर के बुढाथोकीको हत्या, भुटान महागुरु फाल्गुनन्दको तपस्या स्थल , भुटानमा जेल सजाय भोगेका व्यक्तिहरूको नामावली, भुटानी शरणार्थीहरूको नामावली समावेश गरिएको छ ।
यस्तै पुस्तकमा मेचीपुलमा भएको शान्तिपूर्ण आन्दोलन ’पिस मार्च’ सहभागी तथा पक्राउ परेका शरणार्थीहरु, पत्रकार गोपाल गड्तौलाको ’शरणार्थी रिपोर्टिङको डेढ दशक’, भुटानी जेलमा रहेका राजनैतिक कैदीहरू, भुटानी नेता टेकनाथ रिजालको पूर्वराजालाई चिठी तथा नक्कली शरणार्थी प्रकरणमा संलग्नता, दैनिक दजनौं शरणार्थीको माईबगरमा हृदयविदारक निधन, कुन साल कति आए भुटानी शरणार्थी? स्वदेश फिर्तीको मुख्य मुद्दा बनाएर आन्दोलन गर्ने नेता स्वर्गीय डा. भम्पा राई, २८. निर्मम हत्या गरिएका भुटानी शरणार्थीहरू, शरणार्थी विद्रोही समूहले मच्चाएको त्यो वितण्डा, भुटानी शाणार्थी कसरी नेपाल आए ? नेपाली साहित्यको क्षेत्रमा अग्रणी संस्था जि.बि.एल.ओ., साहित्य परिषद् भगवको इतिहास र विकासक्रम, भुटान गजल मञ्चका नेत्र , भुटानी प्रजातान्त्रिक आन्दोलनका हिरो देविभक्त लामिटारे,शरणार्थीद्वारा दर्जनौँ धार्मिक स्थल निर्माण ,विद्यावारिधि गरेका नेपालीभाषी भुटानी शरणार्थी, भुटानी शरणार्थीको हकहितमा खुलेका अन्य संघसंस्थाहरू तथा उनीहरूले निकालेका साहित्यिक पत्रपत्रिकाहरूको विवरण लगायतका सामामग्रीहरु समावेश गरिएको लेखक तिम्सीनाले जनाएका छन् ।
त्यसैगरि, गीत संगीत र साहित्यको माध्यमबाट संसारभरिका नेपाली जोड्दै इन्ट्रा फाउण्डेशन,नेपालकै महँगो पुरस्कार राशीका २ वटा रियालिटी शो , शरणार्थी क्षेत्रमा खेलकुद प्रतियोगिताहरू, भुटानी पहिलो गीतकार गायक प्रताप सुब्बा, द्वन्द्व निर्देशक ÷ कलाकार राजेश लेप्चा, गायिका माया भट्टराई, नृत्यकार नरमान राई, गायक विकास शिवा, अभिनेता तथा निर्देशक केदार उप्रेती, आदि उल्लेख गरिएको छ ।
पुनर्वास सम्बन्धी कुन देशमा कति भुटानी शरणार्थी छन् ? अमेरिकामा रहेका ९ चर्चित नेपालीभाषी भुटानीहरू, नासाको वैज्ञानिक बने शरणार्थी हरि बानियाँ जस्ता कुराहरूमा लेखकले कलम चलाएको देखिन्छन् ।
विभिन्न कालखण्डमा विश्वका प्रसिद्ध ११ जना शरणार्थीहरूका बारेमा पनि प्रष्टयाईएको छ । जस्तै – अल्बर्ट आइन्स्टाइन, बिगत ६० वर्षदेखि नेपालमा शरणागत तिब्बती नेता दलाई लामादेखि , कम्युनिष्ट नेता कार्ल मार्क्स, सिग्मण्ड फ्रायड, ग्लोरिया एस्टेफान, अल्ब्राइट, इमान, डेजान लोभरेन, बिली वाल्डर, लोकप्रिय फुटबलर लुका मोड्रिय, लगायतका उनीहरू पनि शरणार्थी बनेका थिए ।
पुस्तकले पछिल्लो समयमा नेपालमा रहेका विभिन्न देशका शरणार्थीहरूको कुल संख्या, विश्व शरणार्थी दिवसका नारा, १६० शरर्णार्थीको लिवियामा समुन्द्रमा डुबेर मृत्यु , पथरी शनिश्चरेका स्थानीय पत्रकार तथा साहित्यकार भुपेन्द्र तिम्सिनाको “भुटानी शरणार्थी संकटमा’ विषयक सामाचार, कोटले बचाएका सादगी भुटानी नेता बलराम पौडेलको जीवनी, नेपाल–भुटान फाउण्डेसनको स्थापना, आत्मविश्वासले अमेरिकामा जागेका विष्णु पोखरेलको आलेख, भुटानका प्रमुख विशेषताहरु, नेपालमा कहाँ कहाँ छन् तिब्बती शरणार्थी ?भुटानी शरणार्थीको हकहितमा साहित्यिक अन्य सङ्घसंस्थाहरू, ’शरणार्थी अधिकार’ बारेमा चरण प्रसाईँको अभिमत सहित सङ्ग्रहालय बनाउन माग– विष्णुप्रसाद पोखरेलको खबर , सरकारको कार्यक्रममा शरणार्थी मुद्दा समावेश गर्न माग, नेपालका गृहमन्त्रीलाई शरणार्थी समस्या समाधान गर्न हिन्दु सङ्गठनको अपिल, भुटानदेखि अमेरिका सम्म माटो लाने लक्ष्मीप्रसाद मिश्रको माटो प्रेमको वास्तविक कथा, भुटानी लखेटिनुमा भुटानको भन्दा पनि भारतको प्रमुख हात रहेको छ : नेताहरूको टिप्पणी , राजबन्दी रिहाइको लागि कार्यरत ग्लोबल अभियान ,’जोर्नी टु भुटान फर जस्टिस’ भन्ने हृदयविदारक पुस्तकले देश छोड्दाको पीडा समेटिएको गैरराजनीतिक संगठन “छेगेन मेतो“ले पुर्याएको विशिष्ट योगदान, नेपाल र भुटानको क्रान्तिका योद्धा गणेश प्रसाद प्रसाईँ, शिबिरका शैक्षिक अभियान्ता के बि चौहान, भुटानमा सैनिक क्याप्टेन समेत रहेका इन्जिनियर नरबहादुर गिरी, शरणार्थीमाझ चर्चित पत्रकार विद्यापति मिश्र । नेपाली मुलका भुटानी शरणार्थीको अधिकारको लागि शसक्त कलम चलाउने युवा विद्यापति मिश्र , ।भुटानमा भएको दमनको बालबालिकामा प्रभाव, सामाजिक सेवामा समर्पित पुण्य फाउन्डेसन , सामाजिक सेवामा सक्रिय नक्षेत्र फाउन्डेसन, मानवअधिकारवादी नेता राम कार्की, मदनकृष्ण हरिवंशको ३२ क्विन्टल चामल सहयोग, भुटानी शरणार्थी करण बने द भ्वाइस अफ नेपाल सिजन ४ विजेता, नक्कली शरणार्थी घटनाले तातेको सदन सडक , नक्कली शरणार्थी काण्डमा पक्राउ पर्नेहरू, शरणार्थी माझ चर्चित सङ्गीतकार किरण रसाइली, जस्ता विभिन्न विषय वस्तुहरु पुस्तकले समेटेको लेखक तिम्सिना बताउँछन्।

Leave a Reply

Your email address will not be published.