गणतन्त्र दिवसमा नेविसंघद्धारा दमकमा दीपप्रज्जवलन

दमक ,१५ जेठ । नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अवसर पारेर सोमबार साँझ दमकमा दीपप्रज्वलन गरेको छ । स्थानीय गणतन्त्र चौंकमा सामूहिक भेला भई उनीहरुले दीपप्रज्जवलन गरि गणतन्त्र दिवस मनाएका हुन् ।
नेविसंघ दमक नगर समितिको आयोजनामा भएको दीपप्रज्वलनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, संघका जिल्ला तथा दमक नगरका पदाधिकारी,सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । त्यस अवसरमा संघले गणतन्त्र दिवसको सन्दर्भ र महत्व माथि चर्चा समेत गरिएको संघका नगर सभापति बिशाल अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published.