विर्तामोडमा नक्कली नोटसहित दाजुभाई पक्राउ

दमक,१ चैत । प्रहरीले विर्तामोडबाट एकै परिवारका दुई दाजुभाईलाई नक्कली नेपाली नोट र लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा गरेको खानतलासीका क्रममा विर्तामोड ४ मेघाबारीका सुवास ताजपुरिया र उनका भाई १९ बर्षिय प्रविण ताजपुरियालाई नेपाली रु एक हजार दरका काटिएका ६० थान , नकाटिएका २८ थान , ५ सय दरका दुई थान र अष्ट्रेलियन रु एक सय दरका तीन थानसहित ताजपुरियाको घरैबाट पक्राउ गरेको हो ।
आज बुधबार बेलुकी साढे ५ बजे पक्राउ परेका उनीहरुको साथबाट केही प्रतिबन्धित लागुऔषध, सक्कली नेपाली रुपैयाँ ३ हजार ,मोवाइल चार थान र एकथान मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.