कमलमा खनाल सेवा समितिको नयाँ नेतृत्व

कमल,७ माघ । खनाल सेवा समिति कमल गाउँ समितिले गाउँ अधिवेशन सम्पन्न गरेको छ। उक्त भेलाले आगामी कार्यकालको लागि नयाँ कार्य समिति चयन गरेको छ । विष्णुप्रसाद खनालको अध्यक्षतामा गठित नयाँ समितिमा महिला उपाध्यक्षमा शान्ता खनाल,उपाध्यक्षमा चण्डीका प्रसाद खनाल ,सचिवमा गोविन्द खनाल, सहसचिवमा भुमी खनाल र कोषाध्यक्षमा देवी प्रसाद खनाल चुनिएका छन् ।

यस्तै ,समितिको सदस्यहरुमा रुपा खनाल,फडिन्द्र खनाल र बालकृष्ण खनाल लगायत रहेका छन । यसैगरि उक्त भेलाले नयन दिपक खनालको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिको सदस्यहरुमा डोर प्रसाद खनाल र जगन्नाथ खनाल रहेका छन् ।
खनाल सेवा समिति जिल्ला कार्य समितिका सचिव ओम प्रसाद खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको अध्यक्षता विष्णुप्रसाद खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गोविन्द खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.