दमकमा हिमालयन टाइगरको ‘कपडा बैंक’

दमक,२६ पुुस । सामाजिक कार्यमा सक्रिय क्लव हिमालयन टाइगरले दमकमा कपडा बैंक सञ्चालनमा ल्याएको छ ।क्लवले जाडोलाई मध्यनजर गरेर लता कपडाहरु संकलन गरी लक्षित वर्गसम्म पुरयाँउने उद्देश्यले कपडा बैंक सञ्चालनमा ल्याईएको दमक शाखा अध्यक्ष दिपक खड्काले बताए ।
कपडा बैंकको आज एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा उनले जाडोमा लक्षित समुदायलाई सहयोग पुरयाँउन यस किसिमको काम प्रंशसनीय भएको औल्याए ।
दमकको गोरखा डिपार्टमेन्ट स्टोरको प्रांगणमा बैक सञ्चालनमा ल्याईएको सो बैंक स्थापनाका क्रममा सहभागिहरुले लत्ताकपडा समेत ल्याएर जम्मा गरेका थिए । कपडा बैंकमा आफूले लगाएका नयाँ तथा पूराना कपडाहरु पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडाहरु जम्मा गर्न सकिने क्लवका दमक शाखा उपाध्यक्ष मेघनाथ फूयलले जानकारी दिएका छन् । कपडा बैंक उद्घाटन समारोहमा क्लवका केन्द्रीय अध्यक्ष रेवत भण्डारी, सामाजिक अभियान्ता जे विमली,डा. लेखनाथ न्यौपाने,क्लवका पदाधिकारी सदस्यहरु, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.