दमक ,२२ पुस । दमक -८ स्थित रतुवा खोलामा आर्यघाट निर्माण गर्न प्रकाश प्रसाद अधिकारीको अध्यक्षतामा एक अध्ययन समिति गठन गरिएको छ ।वडा कार्यालयमा आज सरोकारहरुको भेलाले नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका युवा व्यक्तित्व अधिकारीको अध्यक्षतामा १५ सदस्यीय आर्यघाट अध्ययन समिति गठन गरिएको हो ।
उक्त समितिको सचिवमा जय विमली र सदस्यहरुमा हरि प्रसाद न्यौपाने,धिरेन लाओती,भिएम भण्डारी,बिशाल मिश्र, मानबहादुर बुढाथोकी,दुर्गा खरेल,मुना सिग्देल,यज्ञनिधि काफ्ले,पारषमणि नेपाल,गंगा सेढाई,बेणु सुब्बा र प्रेम मगर रहेका छन् । गठित समितिले १५ दिन भित्रमा वडालाई अध्ययन प्रतिवेदन बुझाउने निर्णय भएको वडाअध्यक्ष दिपेश दाहालले बताएकाछन् ।