मोरङ, १६ कार्तिक । करेन्ट लागेर मोरङको बुढीगंगा गाउँपालिका -२ मा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-६ का ३० बर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणका लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारका क्रममा मृत्यु भएको हो ।घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।