झापा – ५ मा पूरानाको बिकल्प खोजेका छन् : कांग्रेस नेता केरुङ

आईन्द्र केरुङ नेपाली कांग्रेसका युवा नेता हुन् । दुई दशक अघि नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीति शुरुवात गरेका केरुङ मंसिर ४ मा हुन गईरहेको आमनिर्वाचनमा झापा क्षेत्र न. ५ बाट प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार हुन् ।
दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सभापति भईसकेका कांग्रेस महाधिबेशन प्रतिनिधि केरुङ पार्टी माझ मिजासिला , प्रष्ट वक्ताका रुपमा स्थापित छन् । उनले कांग्रेससहितको गठबन्धन संविधानको रक्षार्थ तथा देशका पक्षमा भएको भन्दै जनताले जिताउने विश्वास व्यक्त गर्छन् । प्रतिगमन विरुद्ध जारी गठबन्धन रहर नभएर आवश्यकता भएको उनको बुझाई छ ।
प्रस्तुत छ , दमक -१ निवासी केरुङसंग चुनावी सेरोफेरोमा गरिएको कुराकानी :

– कांग्रेससहितको गठबन्धनले चुनावी प्रचार कसरी गरिआएको छ ?
पहिलो चरणका चुनावी प्रचार अभियान सञ्चालित छन् । प्रचार अभियानलाई जनताका बीचमा पुरयाँउदैआएका छौं । झापा क्षेत्र न ५ का विभिन्न वडाहरुमा चुनावी कार्यक्रम लिएर आम मतदाताहरुको घरदैलो ,चौक चौक पुगेर सम्पूर्ण मतदाताहरुसङ्ग भेटघाटलाई निरन्तरता दिदैआएका छौं । मूलत आसन्न निर्वाचनमा आफ्नो अमूल्य मत नेपाली काङ्ग्रेस सहितका संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारहरुलाई बिजयी गराई दिन हुन भन्दै अपिल गर्दै हामी चुनावी अभियान होमिएका छौं । प्रचारसहित जनताका बीचमा जाने कार्यक्रम चुनाव भरि मात्र भोलि चुनाव पछि सम्म पनि यस खाले भेटघाटलाई निरन्तरता दिने छौं ।
– यस क्षेत्रमा गठबन्धनको अवस्थामा कस्तो छ ?
अत्यन्त राम्रो अवस्था छ । गठबन्धनले यस पटक झापा ५ मा मात्र नभएर देशैभरि राम्रो नतिजा ल्याउनेमा हामी ढुक्क छौं । जनताले प्रतिगमनकारीलाई होइन अग्रगमनकारी शक्तिलाई अभिमत दिने छन् भन्नेमा हामी विश्वस्त छौं । यो गठबन्धन केवल सत्ताका लागि मात्र नभएर देशलाई संविधानत जोगाउन राष्ट्रिय आवश्यकता थियो र आज निर्वाचनमा पनि संगै हुनुपरेको छ ।
जहाँसम्म यस क्षेत्रमा हामी हिजोको भन्दा सांगठानिक अवस्थामा सुढृण हुदै गएका छौं । गएको स्थानीय तहको निर्वाचन परिणामले पनि यस क्षेत्रको संघ तथा प्रदेश दुवै स्थानमा हाम्रा उम्मेदवारहरुले सानदार रुपले जित्ने छन् ।

………………………………………………………………………………………………………………………….

दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई नै धरापमा पर्ने गरि संविधान कुल्चेर जुन प्रगिगमन गरे , त्यसबाट यो अवस्था सृजना हुन पुगेको हो । यो रहर या अन्य कुनै स्वार्थले नभई देशको आवश्यकताका कारण पनि गठबन्धन बनेको हो भन्ने मेरो बुझाई हो ।
जहाँसम्म ओलीले २०६२-०६३ को जनआन्दोलन र दस बर्षे जनबिद्रोहबाट प्राप्त भएको सम्पूर्ण उपलब्धिहरुलाई निमोठ्ने दुस्साहस गर्नुभएकाले त्यसलाई रोक्न पनि यो दलीय गठबन्धन बन्न पुगेको हो ।

………………………………………………………………………………………………………………………………..

– जित्ने आधारहरु चाहि के के छन् ?
यो झापा क्षेत्र न. ५ मा गठबन्धनका उम्मेरद्वारहरुले जित्ने आधारहरु बिशेषत दुई वटा छन् । त्यसमा पहिलो आधार भनेको भखरै भएको स्थानीय निर्वाचनको गणितिय तथ्याङ्कको आधारमा गठबन्धनको जित सुनिश्चित छ ,यो तथ्याङ्क तथ्यपरक, यथार्थपरक पनि छ । यी ४वटा पालिकाहरु मध्ये गौरादह नगरपालिका बाहेक तीन वटा पालिकाहरुमा गठबन्धनकै उम्मेदवार हरु निर्वाचित छन् । स्थानीय तहमा पाएको माया, सम्मान तथा जनताको अभिमत यो निर्वाचनमा पाउने छौ भन्ने ठानेका छौ ।
त्यसकारण हाम्रो गठबन्धनका उम्मेदवारहरु संघीय सांसदका उम्मेरद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, प्रदेश (क ) का उम्मेरद्वार जीवन राई र प्रदेश (ख ) का उम्मेरद्वार गगन पुरीको जित सुनिश्चित देखिन्छ ।
दोश्रो आधार भनेको धेरै वार्डहरु घुम्ने क्रममा यस क्षेत्रभित्र बसोबास गर्नु हुने धेरै मतदाताहरुले अब परिवर्तन गर्नु पर्छ भन्ने सोच लिएर बसेका छन् । उहाँहरुले पुरानाको बिकल्प खोज्नु भएको पाएको छु । घरदैलोका क्रममा मतदाताहरुको स्नेह आकर्षण,बिश्वास,माया पाएका छौ ।
त्यसकारण पनि यो यसपटक लोकतान्त्रिक बाम गठबन्धनका सवै उम्मेरद्वारहरुलाई विजयी गराउनु हुने छ भन्ने देखेको छु ।
– गठबन्धनलाई नै भोट किन दिनु पर्ने कारण चाहि ?
गठबन्धनका उम्मेदवारलाई नै मत दिनु पर्ने केहि कारणहरु छन् त्यसमा संक्षेपमा स्पष्ट पार्न आवश्यक ठानेको छु । पहिलो कुरा त यो गठबन्धन सँबिधानको रक्षा गर्नका लागि बनेको हो , संिबिधानमा समाबेश भएका सम्पूर्ण उपलब्धिहरुको संरक्षण र कार्यान्वयन गर्नका लागि गठबन्धन बनेकाले पनि जनताले यो निर्वाचनमा हामीलाई जिताउने छन् । गठबन्धन विरुद्ध कि त फेरि प्रतिगनमकारीलाई जिताउनु ठिक हो त ? यो विषय गंभीर हो भन्ने लाग्छ । अर्को कुरा, देशलाई स्थिर सरकार निर्माण गर्नका लागि र भ्रष्टाचार रहित लक्षित दिगो बिकासका लागि पनि यो गठबन्धन हो भन्ने लाग्छ । त्यसकारण यो निर्वाचनले गठबन्धनसहितका उम्मेदवारहरुको जित हुने हामीले विश्वास गरेका छौं ।
-गठबन्धन सत्ताको लागि मात्र भन्ने आरोप छ नी ?
यो बिल्कुलै होइन, जब तत्कालिन दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई नै धरापमा पर्ने गरि संविधान कुल्चेर जुन प्रगिगमन गरे , त्यसबाट यो अवस्था सृजना हुन पुगेको हो । यो रहर या अन्य कुनै स्वार्थले नभई देशको आवश्यकताका कारण पनि गठबन्धन बनेको हो भन्ने मेरो बुझाई हो ।
जहाँसम्म ओलीले २०६२-०६३ को जनआन्दोलन र दस बर्षे जनबिद्रोहबाट प्राप्त भएको सम्पूर्ण उपलब्धिहरुलाई निमोठ्ने दुस्साहस गर्नुभएकाले त्यसलाई रोक्न पनि यो दलीय गठबन्धन बन्न पुगेको हो ।
त्यो समय देश र जनताको पक्षमा चट्टानी अडान लिई सम्पूर्ण उपलब्धिहरुको पक्षमा उभिन्दै गर्दा यो गठबन्धनको स्वरुप तयार भएको हो । त्यसकारण यो गठबन्धन नितान्त देश र जनताको पक्षमा काम गर्नका निम्ति निर्माण भएको हो भनेर सबैलाई घामझै छर्लङ भईसकेको छ ।

Leave a Reply

Your email address will not be published.