कमल ६ मा उम्मेदवार पुरीको घरदैलो,जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता

दमक ,१४ कात्तिक । आगामी मंसीर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेद्वारहरु अहिले मतदाताहरुसंग भेटघाटमा व्यस्त छन् । यसैक्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (ख )का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार गगन पुरीले आज आफ्नो निर्वाचन क्षेत्रको कमल गाउँपालिका वडा नम्बर ६ मा घरदैलो गरि स्थानीयहरुसंग भेट गरेका छन् ।

उम्मेद्वार पुरी पुग्दा स्थानीयले हर्सोल्लास पूर्वक स्वागत गरेका थिए । स्थानीय जेष्ठ आमाहरु सगुनको दहि खुवाउँदै पुरीलाई बिजयको शुभकामना दिएका थिए । पुरी भिजन भएको नेता भएको भन्दै स्थाानीयले अबको निर्वाचनबाट बिकास प्रेमी नेतालाई जिताएर पठाउने बताएका थिए । पुरीले पदमा नरहँदा पनि यस क्षेत्रमा बिकासका धेरै योजना ल्याएको भन्दै स्थानीय गौरीमान दाहालले आगामी निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउने बताए ।
कांग्रेस कमल ६ का वडा सभापति रोशन दाहालका अनुसार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसहितको टोलीले वडाको गाविसदेखि घरदैलो शुरु गरि मंगलबारे ,काटा चौक, पन्चकन्या,रत्नपुर,खयरवारी, विबेणी चौक लगायतका स्थानका मतदाताहरुसंग भेटघाट गरिएको थियो ।
त्यस क्रममा उम्मेद्वार पुरीले आफु अग्रजहरुको आशिर्बाद र युवाहरुको हौसला लिन आएको भन्दै न्यानो आत्मियताको लागी धन्यबाद दिँदै बिजयी बनेपछि जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा चुनाब प्रचारप्रसार समितिको वडा कार्यालयको समेत उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.