तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु

झापा,१३ कार्तिक । १४ जिल्ला रहेको प्रदेश १ मा तिहार अवधि भरि विभिन्न सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरले जानकारी दिए । १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटिकाको दिन सवारी दुर्घटना भएको छ । भाइटिकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तिहार सुरु भएको पहिलो दिन काग तिहार कार्तिक ६ गते १८ वटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
यस्तै कार्तिक ७ गते १५ वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । कार्तिक ८ गते १३ वटा दुर्घटनामा परी २ जनाको, कार्तिक ९ गते १३ वटा दुर्घटनामा परी २ जनाको र कार्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.