चुनावी कार्यक्रममा सहभागि हुन ओली आज झापा आउदै

दमक, १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागि हुन आज गृह जिल्ला आउदै छन् । झापा क्षेत्र न. ५ का संघीय उम्मेदवार समेत रहेका अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज पौने २ बजे काठमाडौंबाट भद्रपुर विमानस्थल हुदै झापा आउदै छन् ।
एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली तीन दिनसम्म झापाका कार्यक्रममा सहभागि हुने छन् । जसअन्तर्गत आज साढे ४ बजे दमकमा पत्रकार भेटघाटमा सहभागी हुनुका साथैं त्यहाँ उनले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, भोलि बुधबार विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा र २ बजे दमकमा कार्यकर्ता भेटघाट गर्ने ओलीको कार्यक्रम छ । बिहिबार ३ गते दमक ३ को आमचोक र कमल गाउँपालिका ३ केर्खामा मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.