गुरु लिङदेनले भने, –‘बिकासका लागि गगनलाई जिताउनुहोस ’

दमक, १ कार्तिक । किरात धर्मगुरु आत्मानन्द लिङदेन (सेइङ )ले झापा क्षेत्र नं ५ प्रदेश ( ख ) का उम्मेदवार गगन पुरीलाई जिताउन आग्रह गरेका छन् ।इलामको माङ्सेबुङ -५ स्थित गुरु नीजिआश्रम लारुम्बा पुगेका पुरीलाई यस क्षेत्रको विकास गर्ने उम्मेदवार भएको भन्दै गुरु लिङदेनले उनले जितेको हेर्न इच्छा भएको विचार ब्यक्त गरे ।
दर्शन भेटका क्रममा गुरुले लामो समयदेखि अघि बढ्न नसकेको यस क्षेत्रको विकासका योजना मध्ये दमक – चिसापानी – रवि सडक पुरीको पहलमा निर्माण सम्पन्न हुँदै गरेको कारण यस क्षेत्रको थप विकासकालागि पनि उनलाई विजयी गराउनुपर्ने औल्याएका हुन् । पुरी दमक –रवि ( चिसापानी ) निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । उनकै अगुवाईमा दमकदेखि रविसम्म जोडिने सडक निर्माणका क्रममा छ ।
दमकबाट माङ्सेबुङसम्म केवलकार बनाउनु पर्छ भनेर धेरैपटक कुरा उठाएको भन्दै उनले पुँजीपति तथा विदेशी दातृ संस्थाबाट नभए सरकारको सहयोगबाट पनि गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
दर्शन भेट गर्न पुरीसहित प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश सदस्य तथा इलाम क्षेत्र नं २ का प्रदेश सभाका उम्मेदवार हर्कबहादुर लावती कान्छा ,मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम लगायत थिए ।

Leave a Reply

Your email address will not be published.