मानवशास्त्री प्राडा. ओम गुरुङको निधन

 

झापा, ३१ असोज । मानवशास्त्री प्रा.डा..ओम गुरुङको निधन भएको छ । ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको हो।

मृगौला फेल भएपछि गुरुङले प्रत्यारोपण गरेका थिए । त्यसपछि उनलाई क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै आएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । गुरुङ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार संयोजक थिए ।उनी आदिवासी जनजाति महासंघको महासचिवको समेत भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.