चट्याङले लागेर बिर्तामोडमा एक बालिकाको मृत्यु

बिर्तामोड, २१ असोज । बर्षासंगै परेको चट्याङले लागेर आज साँझ बिर्तामोड २ चैतुबारीमा एक बालिकाको मृत्यु भएको छ ।साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड २ चैतुबारी निवासी रुपलाल हस्दाकी ११ वर्षिया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किदै गरेकी अन्जुलाई बाटैमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published.