झापा, २१ असोज । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्बाचनका लागि झापाका पाँँच बटै निर्बाचन क्षेत्रमा निर्बाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
असोज २३ गते आइतबार प्रदेश तथा प्रतिनिधि सभाका उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्नु पर्ने भएसंगै झापाका सबै निर्वाचन क्षेत्रमा निर्बाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो ।
झापा क्षेत्र नम्वर १ मा इँटाभट्टास्थित मेची नगरपालिकाको कार्यालय, २ मा अर्जुनधारा नगरपालिका, ३ मा चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय, ४ मा कनकाई नगरपालिका र ५ मा दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका हुन् ।
जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य निर्वाचन अधिकृतले झापा क्षेत्र नं। ३ को पनि जिम्मेवारी लिएका छन् ।