दमक, १६असोज । नेपाली कांग्रेस दमक ५ नम्बर वडा समितिले शनिवार वडादशैं, तिहार, छैठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी कार्यकर्ताहरुवीच आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै वक्ताहरुले चाडपर्वहरुको शुभकामना दिदै मुलुकमा शुसासनका लागी गठबन्धन आवश्यक रहेको भन्दै गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्नु पर्ने जोड दिए ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनबाट जुन पार्टीको उम्मेद्वार भए पनि पार्टी एक ढिक्का भएर जिताउन लाग्नु पर्ने उनीहरुको भनाई थियो ।
कांग्रेस वडा सभापति चैतन्य बरालको अध्यक्षता तथा पार्टी झापा जिल्ला उप सभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि राजनबहादुर ढुंगाना, प्रदेश (ख ) सभापति रवी केसी न्यौपाने, दमक नगर कार्यबाहक सभापति युवराज खनाल सागर लगायतले बोल्दै पार्टीको केन्द्रिय नीति अनुसार गठबन्धनका उम्मेद्वारनै पार्टीको उम्मेद्वार सोचेर जिताउन लाग्नु पर्ने उल्लेख गरे ।
वक्ताहरुले नेपाली कांग्रेस एक्लै पनि निर्वाचनमा जान सक्षम रहे पनि कांग्रेसको सिद्धान्त सहमति, सहकार्य र एकता भएकाले सबै पक्षलाई समेटेर मुलुकको बिकास गर्न सहकार्य आवश्यक रहेको औल्याए । त्यस अवसरमा जेष्ठ नागरिक मञ्च वडा समिति संयोजक चन्द्रप्रसाद पोखरेल र उनकी श्रीमती चन्द्र कुमारी पोखरेललाई सम्मान समेत गरिएको वडा उप सभापति सन्तोष गौतमले जानकारी दिए ।