दमक,३० भदौं । मोरङको उर्लावारी नगरपालिका वडा न. ५ मा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज दमक सेवा केन्द्रमा इकाइगत आफनो १२ औं बार्षिक साधारण गरेको छ ।
दमक ६ स्थित जेसीज चौकमा रहेको संस्थाले संक्षिप्त कार्यक्रम गरि इकाईगत साधारणसभा सम्पन्न गरेको हो । दमक सेवा केन्द्रका आफना शेयर सदस्यहरुको सहभागिता रहेको इकाई गत साधारणसभामा संस्थाका अध्यक्ष गोपाल भट्टराई, कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल लगायतले सहकारीको प्रतिवेदन वितरण गर्नुका साथैं सहकारीको संक्षिप्त गतिविधिहरुका बारेमा बोलेका थिए ।
भदौ २८ गते पथरी सेवा केन्द्रबाट इकाइगत साधारणसभा, २९ गते मिक्लाजुङ हुदै आज दमक र मुख्य कार्यालयका शेयर सदस्यका लागि उर्लावारीमा साधारणसभा गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । जसअनुसार संस्थाले भोलि भने मुख्य कार्यालय उर्लावारीमा साधारणसभाका औपचारिक कार्यक्रम समापन गरिने उनले बताए ।
समापनमा सेवा केन्द्रसहित कार्यालयबाट संस्थामा उत्कृष्ठ कारोवार गर्ने ९४ जना शेयर सदस्य, ८२ जना बाल शैक्षिक बचतकर्ता, तीन जना पत्रकार र एसईईमा उत्कृष्ठ हुने एक जना विद्यार्थीलाई छात्रबृति स्वरुप रु १० हजार, सम्मानपत्रबाट पुरस्कृत गरिने कार्यक्रम रहेको प्रमुख कार्यकारी पौडेलले जानकारी दिए ।९ हजार ५ सय ८८ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूंजी ५ करोड ७७ लाख ४४ हजार ४ सय पुगेको छ ।