एम्बुुलेन्सको ठक्करबाट घाईते कार्कीको १२ दिन पछि मृत्यु

झापा, १५ साउन । एघार दिन अघि एम्बुलेन्सको ठक्करबाट घाईते भएका झापा जिल्ला झापा गाउँपालिका ६ का २२ बर्षिय राजेश कार्कीको मृत्युभएको छ ।ठक्करबाट गंभीर घाईते कार्कीको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज विहान उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
कन्काई ३ स्थित सडकखण्डमा गत साउन ४ गते कार्की दम्पत्ती सवार प्र१—१—०१—२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट कार्की दम्पत्ती मध्ये श्रीमती भने भोलिपल्ट उपचार पछि घर पुगेकी थिईन् भने घाईते श्रीमान भने उपचारत रहेका थिए । कार्की दम्पत्ती भर्खरै मात्र विवाह बन्धनमा बाधिएका थिए ।
दुर्घटनामा संलग्न एम्बुुलेन्स चालक र एम्बुुलेन्सलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.