मोटरसाइकल दुर्घटनामा घाईते गिरीको मृत्यु


दमक, ३० असार । मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका इलाम, चुलाचुली गाउँपालिका वडा न. ३ पेल्टिमारीका ३१ बर्षिय नविन गिरीको उपचारक्रममै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको झापाको कमल गाउँपालिका ५ स्थित सितापुरी सडकखण्डमा गत असार २७ गते साँझ ७ बजे तिर मोटरसाइकलमा सवार गिरीको साइकलसंग दुर्घटनामा परेका थिए ।
गिरीलाई घटनास्थलबाट स्थानीयले उद्दार गरि दमकको आम्दा अस्पतालमा पु¥याँएको थियो । टाउको चोट परेको उहाँको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि गिरीका परिवारले विराटनगरस्थित न्युरो अस्पताल पुरयाँएको थियो ।
त्यहाँ उपचारका क्रममा बुधबार राति मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकी साइकलमा सवार एक महिलाको समेत सोहि अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका साढे ७ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका–५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा मृत्यु भएको हो ।
यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका–४ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोलेरोमा सवार ९ जना घाईते मध्ये कटारी १३ का १८ बर्षिय बिष्णु राउतको उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.