
दमक, ५ जेठ । जिल्लाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ ।गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गरेका हुन् ।
गाउँपालिकामा निर्वाचित शाहले ६७९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गरे ।
यता उपाध्यक्ष पदमा निर्वाचित थपलियाले ५८६८ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेद्वार देवीमाया अधिकारीले ४३७१ मत प्राप्त गरे ।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा शाहले नै जित हासिल गरेका थिए भने उपाध्यक्षमा एमालेकी कुन्तादेवी वुढाथोकीले जित हासिल गरेकी थिइन् ।
यस पटकभ भने दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको हो । सात वटा वडा रहेको यो पालिकामा ५ वटा वडामा वडाध्यक्ष समेत कांग्रेसले नै जित हासिल गरेको छ । दुई वटा वडामा भने स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी वनेका वडा न. ३ का सुभाषलाल गणेशले वडाध्यक्ष जिते । त्यस्तै वडा नम्वर ५ मा कृष्ण प्रसाद राजवंशीले वडाध्यक्षमा जितेका छन् ।
झापा गाउँपालिका १ मा राजकुमार यादव,२ मा हिमाल कुमार चम्लगाई, ३ मा स्वतन्त्र उम्मेद्वार सुभाषलाल गणेश, ४ मा महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेद्वार कृष्ण प्रसाद राजवंशी, ६ मा नवीन किशोर थापा र वडा नम्वर ७ मा शखीचन्द्र ठाकुर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।