पानीमा डुबेर सोरेनको मृत्यु

झापा,१७ असार । पानीमा डुबेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउने मेचीनगर -७ का ५० बर्षिय सञ्जय सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोरेन मेचीनगर नगरपालिका वडा नम्बर –७ गोमनसरी टोल विकास संस्थानजिकै पानीमा डुवेको अवस्थामा शव फेला परेको हो । प्रहरीले नजिकै पालिया नहर रहेकाले नहरमा डुवेपछि उनलाई बगाएको हुन सक्ने अनुमान गरेको छ । उनी दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका थिए । मृतक सोरेनकी छोरीले सोे शवको सनाखत गरेकी छन् ।

खोल्सीमा बेहोस भेटिएका युवकको मृत्यु
इलामको माई नगरपालिका–८ स्थित मैनाचुली सामुदायिक वनमा मोटरसाइकल रोकेर खोल्सीमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ । मंगलवार दिउँसो ४ः०५ बजे इलाम माई नगरपालिका ८ स्थित मैनाचुली सामुदायिक वनमा मे १० प ८९५७ नं को डुक मोटरसाइकल रोकेर अगाडिको खोल्सीमा माई नगरपालिका–८ दानाबारी बस्ने २९ वर्षीय बिकल गहतराज बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर उनलाई उद्धार गरि इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए ।
इप्रका झिलझिलेबाट खटिएको टोलीले त्यहाँबाट उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारका क्रममा साँझ ६.१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका उनले विषादी सेवन गरेका थिए । मृतकको शव दमक अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.