झापा, १९ असार ।फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।क्यानडाको टोरन्टो रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात प्रिक्वाटर्ड फाइनलमा स्थान पक्का गरेको हो।
विवादास्पद परिस्थितिमा क्रोएसिया र पोर्चुगलबिचको खेल सकिएको छ। क्रोएसियालाई पराजित गरेको पोर्चुगल अब अन्तिम १६ मा आफ्नो कट्टर प्रतिद्वन्द्वी स्पेनसँग भिड्ने छ। सुपर सब गोन्कालो रामोसले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगल विजयी भएको हो। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै क्रिस्टियानो रोनाल्डो र रामोसले टिमका लागि १-१ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इभान पेरिसिसचले ५३औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिलो अग्रता दिलाएका थिए। तर क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए।
निर्धारित समयमा १(१ गोलको बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा हेड मार्फत दोस्रो गोल गरेर पोर्चुगललाई जित दिलाएका हुन्।
रोनाल्डोको विश्वकप इतिहासमा यो पहिलो नकआउट चरणको गोल समेत हो। खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेटमा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाएका हुन्। खेलेको ९०.१२ मिनेटमा क्रोएसियाले गरेको गोल अफसाइड भएपछि केहीबेर विवाद सिर्जना भएको थियो। यो जितसँगै पोर्चुगलले राउन्ड अफ १६ मा बलियो प्रतिस्पर्धी स्पेनको सामना गर्नेछ।
अल्जेरियालाई शून्यमै रोक्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप(२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्ड विजयी भएको छ। अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो। पहिलो हाफमा १ गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफमा थप १ गोल गर्यो।
दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन्। त्यसअघि पहिलो हाफको दशौँ मिनेटमै एम्बोलोले पहिलो गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए। जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन्।यसअघि गएराति र आज बिहान भएका खेलमा विजयी भएर स्पेन तथा पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन्।