एमाले झापाका अध्यक्ष कार्कीको वडामा स्वतन्त्र उम्मेदवार विजयी

गौरादह ,३ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको वडामा पार्टीका उम्मेदवारले नराम्ररी पराजय व्यहोरेको छ ।
उनीसहित उनका दाजु समेत रहेका एमाले झापाका अध्यक्ष दिपक कार्कीको गौरादह नगरपालिका वडा न. ३ वडामा जेव्रा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार वनेका दिलीप भण्डारी निर्वाचित भएका छन् । पार्टीले उम्मेदवार नवनाएपछि भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
करिव ३० बर्षदेखि एमालेको सक्रिय राजनीति गरिआएका उनले एमालेका उम्मेदवार गजेन्द्र घिमीरेलाई भारी मतान्तरले हराउदै जित हासिल गरेका हुन् । उनले १०९४ मत ल्याई विजयी भए भने प्रतिष्पर्धीले भने ५८६ र गठबन्धनका उम्मेदवारले भने ४७२ मत प्राप्त गरेका थिए । वडामा २४ सय ७१ जनाले मतदान गरेका थिए । घिमीरे निवर्तमान वडाध्यक्ष समेत हुन् ।
भण्डारीलाई युवाहरुको बलियो साथ र समर्थन रहेको देखिएको छ । राजनीतिक दृष्टिकोण समेत निकै महत्वपूर्ण रहेको उक्त वडामा विद्रोही उम्मेदवारले वडा जितेपछि पार्टी नेतृत्वप्रति आलोचना हुन थालेको छ ।
स्वतन्त्र उम्मेद्वार भएर विजयी भएका भण्डारीले अवको ५ वर्ष स्वतन्त्र हैसियतमै रहेर वडाको सेवा गर्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.