
दमक,१५ बैशाख । आसन्न स्थानीय निर्वाचन लक्षित संयुक्त गठबन्धनले झापाको दमकमा चुनावी तयारीलाई तीब्रता दिएको छ । दमकमा राम थापाको नेतृत्वमा रहेको संयुक्त गठबन्धन दलका उम्मेदवारहरुलाई निर्वाचनमा विजयी गराउन संयुक्त निर्वाचन परिचालन समितिसहित सो समिति मातहतका विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव मुकुन्द उप्रेतीका अनुसार सुरेश सुब्बाको संयोजकत्वमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
समितिको सहसंयोजकमा विरेन्द्र बस्नेत र विजय बराल रहेका छन । त्यसैगरी सांसद महेन्द्रकुमारी लिम्बुको संयोजकत्वमा दिलबहादुर बुढाथोकी, रोशन गौतम, विश्वदिप लिङदेन, अइन्द्र केरुङ, रोशन विष्ट, चुडेन्द्र खडका, चन्द्राकुमारी खडका, दुर्गा चौंलागाइँ, कर्म पुलामी , सुमित्रा वाङदेल, हेम सुवेदी, भिमसेन अधिकारी, नेत्र चौंलागाइँ र कृष्ण तिम्सिना सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । त्यस्तै आर्थिक समिति संयोजकमा विजय बराल, सदस्यहरुमा गोकुल श्रेष्ठ, वेदु गौतम, प्रकाश प्रसाइँ, सत्यनारायण चौधरी र मुकुन्द उप्रेती रहेका छन् । सूचना तथा सञ्चार समिति संयोजकमा शंकर बस्नेत, सहसंयोजकमा दिपेश दाहाल, रामचन्द्र अधिकारी, डम्बर बोहोरा लगायत रहेका छन् ।
त्यस्तै युवा परिचालन समिति संयोजकमा सन्तोष गौतम रहेका छन् भने महिला परिचालन समिति संयोजकमा मन्दरा पौडेल रहेकी छिन् । निर्वाचन सम्बन्धि निर्देशन समिति संयोजकमा शेरबहादुर भट्टराई , गगन पुरी, विजय बराल, लक्ष्मण श्रेष्ठ, दिलिप श्रेष्ठ, मेघराज तिम्सिना, डा. नेत्र बुढाथोकी, उमाकान्त आचार्य, बिक्रम अधिकारी र घनेन्द्र सुब्बा रहेका छन् । घोषणा पत्र मस्यौदा समिति संयोजकमा रत्न थापा, सदस्यहरु विनोद तिम्सिना, शंकर बस्नेत र नेत्र चौलागाइँ रहेका छन् ।
यही ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा संयुक्त गठबन्धनले दमकमा राप्रपाका राम थापालाई मेयर र कांग्रेसकी रेगिना भट्टराई (प्रसाइँ)लाई उपमेयरको उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको छ ।
त्यसैगरी कांग्रेस झापा क्षेत्र नं ५ ले क्षेत्रका पालिकाहरुमा भइरहेको निर्वाचन अनुगमनका लागि पार्टी पार्टी केन्द्रीय सदस्य समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बुको संयोजकत्वमा दिलिप राई सहसंयोजक रहेको अनुमगन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा विरबहादुर प्रसाइँ, शेरबहादुर भट्टराई, पदम पौडेल, विश्वदिप लिङदेन, रामकुमारी पौडेल, देवी प्रसाद राजवंशी र देवी प्रसाद दाहाल रहेका छन ।
त्यसैगरी अनुशासन समिति संयोजकमा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, जिवन राई, रवि केसी न्यौपाने, धर्मानन्द भट्टराई, मुकुन्द उप्रेती, गोपाल दाहाल, तिलरुपा सुवेदी दाहाल, निर्मला बजगाइँ, प्रकाश प्रसाइँ ,यादबराज सेढाइँ, बुद्धिराज न्यौपाने र अघ्नु राजवंशी रहेका छन् ।
कांग्रेसले क्षेत्र नं ५ अन्तर्गतको दमकमा उपप्रमुख पदमा रेगिना भट्टराईको नेतृत्वमा उम्मेदवारी प्रस्तुत गरेको छ भने कमलमा हुकुमसिंह राईको नेतृत्वमा , गौरादहमा रोेहितकुमार साहको नेतृत्वमा र गौरीगञ्जमा फूलवती राजवंशीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेसले दमकमा राप्रपासहितको गठबन्धन गरेको छ ।
गौरीगञ्ज बाहेकका अन्य पालिकाहरुमा पनि आवश्यकता अनुसार गठबन्धन गरेको छ भने गौरीगञ्जमा कांग्रेससहित अन्य सबै दलहरु अलग अलग उम्मेदवारी प्रस्तुत गरेर चुनावी मैदानमा उत्रिएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गतका पालिकाहरुमा धेरै जसो ठाउँमा एमाले विरुद्ध दलहरुको मोर्चाबन्दी छ भने गौरीगञ्जमा एमालेको पोजिशन चौथो रहेको ठहर गर्दै दलहरु आपसी प्रतिस्पर्धामा छन् ।