
दमक,७ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक तथा मामिलामन्त्री हिक्मत कुमार कार्कीले सत्तारुढ दल सम्मलित गठबन्धनको सरकारले नजिककिएको निर्वाचन सार्न कुचेष्टा गरे त्यस विरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
प्रेस चौतारी माइपश्चिम झापाले दमकमा आज आयाजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि बहानामा घोषित निर्वाचन पछि सार्न ,धकेल्न खोजे त्यो संविधान प्रतिकुल हुने र त्यस कार्य एमालेलाई स्वीकार्य नहुने बताए ।
आवाधिक निर्वाचन लोकतन्त्रको बलियो नै आधार भएको उल्लेख गर्दे नेता कार्कीले लोकतन्त्र र संविधान कार्यान्वयनसंगै संघीयताको अभ्यासलाई संस्थागत गर्न निष्पक्ष,स्वतन्त्र , धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सवैको ध्येय हुनुपर्ने समेत औल्याए । नयाँ वर्षसंगै यस वर्ष निर्वाचनमय हुने भन्दै उनले त्यसका लागि सरकार र सरकारका बाहिरका राजनीतिक दल, नागरिक समाज सवैको सकरात्मक सहयोग हुनुपर्ने बताए ।
एमाले सरकार विरुद्धको सवै खाले गठबन्धन विरुद्ध निर्वाचनमा होमिएको बताउदै उनले सरकारी रवैयाका बाबजुत आफनो पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । एमालेप्रति देशैभरि जनलहर आएको दावी गर्दे उनले सत्तारुढ दलको सवै खाले गठबन्धन र षडयन्त्र विरुद्ध एमालेले जनताको विश्वास जित्ने औल्याए ।