
दमक,१ बैशाख । दमक जेसीजले नयाँ बर्ष -२०७९ को उपलक्ष्यमा भित्तेपात्रो निकालेको छ । बुधबार दमक जेसीज सचिवालयमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो निकालेको हो ।
सांगठानिक गतिविधि समेटेर जेसीजले प्रकाशन गरेको भित्तेपात्रोको सामूहिक रुपमा सार्वजनिक गरिएको दमक जेसीजका अध्यक्ष सन्जीव बरालले बताए ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु नेत्र चम्लागाई, रेगिना भट्टराई प्रसाई, कमलनगर जेसीजका अध्यक्ष नारायण बस्नेत,दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना राखेका थिए ।
भित्तेपात्रो प्रकाशन गर्न उपाध्यक्ष समिर दाहालको संयोजक एक प्रकाशन उपसमिति गठन गरिएको थियो । सो अवसरमा दमक जेसीजका अध्यक्ष बरालले भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्न योगदान पुरयाँउने कोषाध्यक्ष तथा उपाध्यक्षलाई धन्यवाद दिएका थिए ।
जेसीजले बर्सेनी नयाँ बर्षको अवसरमा भित्तेपात्रो प्रकाशन गरिआएको कोषाध्यक्ष सहदेव भट्टराईले बताए । यस्तै, जेसीजले सहभागि अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
उक्त कार्यक्रम सम्पन्न दमक जेसीजका उपाध्यक्ष समिर दाहाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।