भोलि दमकमा ‘नेपथ्य लाइफ कन्सर्ट’(फोटो फिचरसहित )

दमक,३० चैत । दमकमा भोलि बैशाख १ गते हुने ‘नेपथ्य लाइफ कन्सर्ट’ को तयारी पूरा भएको छ । नयाँ बर्षको अवसर पारेर दमकको ध्रुवतारा दमकमा नेपथ्यले कन्सर्ट आयोजना गर्न लागेको र त्यसको तयारी पूरा भएको नेपथ्य व्यवस्थापन गरिरहेको नेपालयले जनाएको छ ।
देशकै चर्चित व्याण्ड नेपथ्यले विश्वव्यापी कोरोना भाइरस महामारीपछि पहिलोपल्ट दमकमा म्यूजिकल लाइफ कन्सर्ट गर्न लागेको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालय परिषरमा हुने यस कन्सर्ट नेपथ्यको दमकमा पाचौ प्रस्तुति हो ।
दमकमा यो कन्सर्ट नेपाली टच अष्ट्रिलया र दमकको पूरानो खेलकुद संस्था ध्रुवतारा स्पोर्टिङ क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । धु्रवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।
आयोजक संस्था मध्ये ध्रुवतारा स्पोर्टिङ क्लबका सदस्य समेत रहेका कन्सर्टका संयोजक गोपाल चेम्जोङका अनुसार दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले कन्सर्टको स्थानीय व्यवस्थापन लगायतका तयारी पूरा भएको छ ।

यसैगरि कन्सर्ट सफल बनाउन स्थानीय आयोजकले दमकदेखि बिर्तामोडसम्म मोटरसाईकल रयाली पनि निकालेको थियो ।स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने रु एक हजार रुपैयाँ राखिएको छ । कन्सर्टका दिन भने आयोजकले गेट टिकटमार्फत रु १२५० टिकट मूल्य तोकेको छ । कन्सर्टबाट बचत हुन आएको रकम क्लवको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने लक्ष्य राखिएको कार्यक्रम संयोजक चेम्जोङले बताए ।कन्सर्टमा करिव ६ हजार दर्शकले मनोरञ्जन लिने अपेक्षा गरिएको उनले जनाए । अनलाइन टिकट थुप्रै डटकम मार्फत प्राप्त हुने व्यवस्था गरिएको छ । कन्सर्टका लागि साँझ पौने ५ बजे मैदानको गेट खोलिने नेपथ्यले जनाएको छ ।लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्ष्च्यिूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । दुई घण्टा लामो हुने उक्त कन्सर्टमा ‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, भेँडाको ऊनजस्तो, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका चर्चित गीतहरु’ प्रस्तुत गर्ने जनाईएको छ ।
नेपालयको अनुसार त्यसको प्रारम्भ दमकबाट २०७९ सालको बैशाख १ गतेदेखि यस वर्षको सांगीतिक कार्यक्रम शुरु गर्न लागिएको छ । ‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ व्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् , ‘नेपथ्य प्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ ।’
कोरोना भाइरसको महामारी अगाडि नेपथ्यको प्रस्तुती काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो ।यसपटकको नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तरालमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.