
दमक,७ चैत । दमक -८ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडासमितिले जेष्ठ बुबाआमाहरुको सहभागितामा हालै अवलोकन भ्रमण गराईएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरु पाँउ पाथीभरा, अर्जुनधारा, सालबारी, सहिदपार्क आदिको अवलोकनसहित दर्शन गरिएको हो । अवलोकनको क्रममा सालवारी सहिद पार्कमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिएको प्रतिष्ठानका वडा अध्यक्ष ओम प्रसाद खनालले बताए । ज्येष्ठहरुलाई आफना क्षेत्रका मठमन्दिर,धार्मिकस्थलका बारेमा जानकारी दिने उद्देश्यले अवलोकन भ्रमण गराईएको उनले जनाएका छन् ।
एक दिने अवलोकन भ्रमणमा प्रतिष्ठानकाा केन्द्रीय उपाध्यक्ष डोयना दहाल, केन्द्रीय सदस्यहरु शुशिला गौतम, सुरेश पौडेल, वेद प्रसाद सुबेदी लगायत,प्रतिष्ठानमा आवद्ध तीन दर्जन बढी ज्येष्ठहरुको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले बर्सेनी ज्येष्ठहरुलाई अवलोकन भ्रमण गराउदै आएको प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले जानकारी दिए ।