
दमक,६ चैत ।झापा, दमक– ५ का गुरुप्रसाद तथा शुसीला रेग्मी दम्पत्ती परिवारले दिवंगत पितृको स्मृतिमा दमक बहुमुखी क्याम्पसमा रु ४ लाखको अक्षय कोष स्थापना गरेका छन् ।
आज क्याम्पसमा एक कार्यक्रम गरि रेग्मी परिवारले आफना दिवंगत माता पुण्यमाता रेग्मी स्मृति छात्रबृति अक्षयकोषका लागि उक्त रकम हस्तान्तरण गरेका क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीले बताए । दिवंगत माता पुण्यमातासहित योगमाया, शुष्मा भगिरथा रेग्मीको स्मृतिमा रेग्मी परिवारले उक्त कोष स्थापना गरेको उनले बताए ।
कोषबाट प्राप्त व्याजबाट क्याम्पसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनी दिवंगत पितृको स्मृतिमा छात्रबृति प्रदान गरिने क्याम्पस प्रमुख डा. बुढाथोकीले बताएका छन् ।अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रममा क्याम्पसका अध्यक्ष देवीप्रसाद दाहाल ,दाताका परिवार, अध्यापकलगायतको उपस्थिति रहेको थियो ।