
दमक,३ चैत । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र न. ५ ले पार्टी संगठन थप मजवुत बनाउन सहयोग पुरयाँउन उद्देश्यले अग्रजहरुको सहभागितामा एक सल्लाहकार समिति गठन गरेको छ ।
क्षेत्रीय कार्यसमितिको दमकस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले पूर्व क्षेत्रीय सभापति विर बहादुर प्रसाईको संयोजकत्वमा १३ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।
गठित सल्लाहकार समितिको सदस्यहरुमा सियाराम ताजपुरिया,गोपाल पौडेल, पदम कोइराला, डिल्ली सेढाई, घनश्याम रिजाल, देवी प्रसाद राजवंशी, रामकुमारी प्रसाई, बाबुराम भण्डारी, राम गिरी, हरि सुवेदी, राजु अग्रवाल, विरभद्र पोख्रेल लगायत रहेका छन् ।
क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनलाई मध्यनजर गर्दे पार्टी संगठन निर्माण, सुढिढकरण, घरदैलो लगायतका गतिविधिहरुलाई तीव्र पारिने साथै सांस्कृतिकमूलक फागु पूर्णिमा ( होली पर्व ) को उपलक्ष्यमा समेत क्षेत्रबासी तथा सवै नेपालीहरुमा शुभकामना दिने निर्णय गरिएको सचिव भट्टराईले बताए ।