मोवाईल व्यवसायी संघको बार्षिकोत्सवमा यसवर्ष पनि रक्तदान

संघको बैठकमा सहभागिहरु

दमक,१० फागुन । दमक मोवाईल व्यवसायी संघले आफनो नवौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।संघका अध्यक्ष भेनस श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले बार्षिकोत्सव भव्य रुपले सम्पन्न गर्न सधैझै यसवर्ष पनि रक्तदानसहित समुदाय लक्षित कार्यक्रम गर्ने निर्णय गरिएको सचिव खेम सापकोटाले बताएका छन् ।

बैठकले बार्षिकोत्सवका अवसरमा फागुन १२ गते विहिबार विहान दमकको गणतन्त्र चौंकमा खुला रक्तदान गर्ने कार्यक्रम रहेको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहने कार्यक्रम संयोजक होमनाथ सापकोटाले बताएका छन् । संघले विगत बर्षहरुदेखि बर्सेनी बार्षिकोत्सव कार्यक्रममा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरि बार्षिकोत्सव अवसर पारेर नै फागुन १३ गते दमक- ४ स्थित तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रम तय गरिएको संघका सहसचिव समेत रहेका कार्यक्रम संयोजक दिपेश दाहालले बताएका छन् ।
पत्रकार सुब्बालाई प्रोत्साहन पुरस्कार
दमक मोवाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार दमकका पूराना पत्रकार बिष्णु सुब्बालाई प्रदान गरिने भएको छ । संघको बैठकले पत्रकारिताका क्षेत्रमा लामोसमयदेखि कृयाशील सुब्बाले पुरयाँएको योगदानको कदर गर्दे उक्त पुरस्कार प्रदान गरिने निर्णय भएको अध्यक्ष भेनस श्रेष्ठले बताएका छन् । पुरस्कारको राशी रु ५ हजार ५५५ ,प्रमाणपत्र रहेको छ । सुब्बा नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सम्पादक हुन् ।
उक्त पुरस्कार संघको आगामी चैतमा हुने साधारणसभाका अवसरमा प्रदान गरिने निर्णय भएको संघका सहसचिव दिपेश दाहालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.