नेतृत्वका लागि तीन दलीय संग एमाले एक्लै भिड्ने


-गठबन्धनबाट काफ्ले र एमालेबाट शर्मा

शिवसताक्षी,१० फागुन । शिवसताक्षी उद्योेग बाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि फागुन १८ गते हुन गईरहेको निर्वाचन आफनो पक्षमा रस्साकस्सी शुरु भएको छ ।
चुनावी नतिजा आफना पक्षमा पार्न सत्तारुढ दल नजिकका व्यवसायीहरुले संयुक्त गठबन्धन कायम गरेर चुनावी मैदानमा होमिने निश्चित भएको छ भने नेकपा एमाले निकटका व्यवसायी भने एक्लै निर्वाचनमा जाने भएका हुन् ।
४ बर्से कार्यकाल रहने संघका् नेतृत्वका लागि गरिएका सवै प्रयास असफल भएपछि दलहरुले एकल तथा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् ।
संघको अध्यक्षमा एमाले निकटका व्यापारी राम नरेश शर्मा चुनावी मैदानमा उत्रिने चर्चा शुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का व्यवसायी शर्मा शिवसताक्षी नगरकै ठुलो फर्निचर उद्योग रोषन फर्निचर उद्योगका संस्थापक संचालक हुन् । शिवसताक्षी नगरकार्यपालिकाका सदस्य पनि हुन् । संघको अध्यक्षमा शर्माले उमेद्वारी दिने आफ्नो व्यक्तिगत चाहनालाई उद्योगी व्यवसायीको समर्थन पाएपछि सो पदमा उमेद्वारी दिने निर्णय गरेको उनले बताए । शर्माको उमेद्वारीलाई नेकपा एमालेको समर्थन छ ।
यता शर्मा प्यानललाई टक्कर दिन नेपाली कांग्रेस, नेकपा माओबादी र एकीकृत समाजबादीको संयुक्त गठबन्धन छ । गठबन्धनले सो समूहलाई लोकतान्त्रिक र प्रगतिशिल समूह भनेर उमेद्वारलाई अघि सारेको छ । सो प्यानलबाट दुधेका व्यवसायी यामनाथ काफ्लेले अध्यक्ष पदमा उमेद्वारी दिने पक्का भएको छ ।

काफ्ले खाद्यय भण्डारका प्रोपाइटर हुन् । यस अघि पनि काफ्ले शिवसताक्षी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा उमेद्वारी दिएका थिए । उनी नेपाली कांग्रेसकै भोला मैनालीसंग पराजित बनेका थिए । त्यसताका नेपाली कांग्रेसले मैनालीलाई वाणिज्य संघको अध्यक्ष पदका लागि अघि सारेपछि काफ्लेले स्वतन्त्र समूहबाट अध्यक्ष पदमा उमेद्वारी दिएका थिए ।
निर्वाचनमा संघका कुल १२७१ मतदाताले भोट हाल्ने छन् ।
स्रोतका अनुसार आकांक्षीको संख्या अधिक भएकाले अध्यक्षबाहेकका अन्य पदका उमेद्वारको अन्तिम नामावली सार्वजनिक गरिएको छैन । तर गठबन्धन समूहले भने सबै पदमा उमेद्वारको टुङो लगाई सकेको बुझिएकोछ ।

संघमा अध्यक्ष १, उपाध्यक्ष २ पद हुने व्यवस्था छ । उपाध्यक्ष पदमा एक जना उद्योग र अर्का एक जना वाणिज्य विधाबाट उमेद्वारी बन्ने छन् । यस्तै महासचिव १, सचिव २ र कोषाध्यक्ष १ पद रहेको छ । ९ सदस्य पद मध्ये ६ वटा खुल्ला र ३ महिला कोटा रहेको अध्यक्ष भोला मैनालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.