
झापा,८ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय महिला मोर्चा प्रदेश न. १ को अध्यक्षमा हेमकुमारी साउदेन चुनिएकी छिन् ।झापाको अर्जुनधारामा हालै सम्पन्न मोर्चाको प्रदेश महाधिवेशनबाट नेतृ साउदेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पुष्पा लिङ्देन, सचिवमा निर्मला एक्तेन, संगठन सचिवमा बिमला चेम्जोङ, उपसचिवमा चित्रमाया लिम्बू, कोषाध्यक्षमा निला लिम्बू रहेकी छिन् ।
यसरी नै सदस्यहरुमा विरुषा फागो, संगीता लिम्बू र सावित्रा लिम्बू चुनिएकी छिन् भन् बाँकी सदस्यहरु संगठन विस्तार गर्दै मनोनित गरिने समेत नवनिर्वाचित अध्यक्ष साउदेनले बताईन् ।
मोर्चाकी केन्द्रीय उपाध्यक्ष तीलरुपा लिम्बूको प्रमुख आतिथ्यतामा भएको महाधिबेशन उद्घाटनमा सचिव रीना मगर, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, केन्द्रीय सदस्य मैना बराइली, महिला नेतृ मीना पन्धाक, ताप्लेजुङ जिल्ला अध्यक्ष इन्द्र थलङ, प्रदेश अध्यक्ष पर्शुराम मगर, सचिव कृष्णकुमार थेवे, आरती तेयुङ, विद्यार्थी मोर्चा ताप्लेजुङका अध्यक्ष डम्बरसिंह राई, अर्जुनधारा नगर अध्यक्ष राज खम्बू लगायतले मन्तव्य राखेका थिए ।