कक्फेक्वा तङनाम मनाइँदै लिम्बू समुदाय

झापा,१ माघ । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले आज कक्फेक्वा तङनाम अर्थात माघे संंक्रान्ति मनाउँदै छ। लिम्बू समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ति पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन्।

आज नयाँ संवतको रुपमा मनाइने येले तङवे अर्थात नयाँ वर्ष सुरुवात हुन्छ। चाँप, पैयुँलगायतका वनस्पति फुलेपछि वसन्त ऋतुको आगमनको संकेत गर्छ।

यो दिनलाई लिम्बू समुदायले माछामासुभन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले बताए। उनका अनुसार यस पर्व लिम्बू समुदाय सघन बसोबास रहेका स्थानमा भने सामूहिक रुपमा विशेष हर्षोलासका सहित मनाउदै आएका छन् ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीलगायत राजधानी तथा विभिन्न मुलुकमा लिम्बू समुदाय बसोबास गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.