गौरीगञ्ज १ का २ सय २८ विपन्नलाई सिरक

गौरीगञ्ज,३० पुस । झापा,गौरीगन्ज गाउँपालिका १ वडा कार्यालयले २ सय २८ विपन्न परिवारलाई जाडो छल्न न्यानो सिरक वितरण गरेको छ । वडा कार्यालयमा आज एक कार्यक्रम गरि वडाका विपन्न तथा यसअघि कुनै अनुदान सहयोग नपाएका ती परिवारलाई एक, एक थान फाइवरका सिरक वितरण गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
उनका अनुसार सो कार्यका लागि साविकका ९ वटै वडाबाट लक्षित परिवार छनौट गरिएको थियो । सिरक वितरणका क्रममा वडाध्यक्ष राजवंशीले वडाबासीलाई स्थानीय सरकारले सन्तुलित रुपमा यस किसिमका सहयोग प्रदान गर्दे आएको बताए । वडाको चालु आर्थिक बर्षको सिलिङ वजेट रु ४ लाखको लागतमा खरिद गरिएको सिरक वितरण गरिएको हो ।
सो अवसरमा वडाध्यक्ष राजवंशी,सदस्यहरु राजभक्त सुनुवार,टंक श्रेष्ठ,जानुका गौतम,सुनिता पासवन,वडासचिव भोजकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.