
दमक,३० पुस । दमकस्थित डाइनामिक पब्लिक लाइब्रेरी ( डिपिएल )ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा दमक ८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स ) मा अध्ययनरत बिद्यार्थी विकल्प अधिकारी प्रथम भएका छन् ।
आज लाइब्रेरीमा आयोजित प्रतियोगितामा आस्था कलेजका किरण बुढाथोकी दोश्रो र मोडल कलेजकी कृपा ओझा तेस्रो भइन् । ‘देश बिकासमा बिद्यार्थीको भुमिका ’शीर्षक दिईएको सो वक्तृत्वकलामा दमकका बिद्यालय तथा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई सहभागी गराइएको थियो । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने बिद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।वक्तृत्वकलामा अध्यापक समेत रहेका श्रष्टा धनन्जय बाँस्कोटा लगायतको एक टोली निर्णायकमा रहेका थिए ।