दमकका विद्यालयहरु वन्द गर्न निर्देशन


दमक,२८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान हुने गरि बन्द गर्ने निर्णय गरेसंगै नगरपालिकाले पनि नगर भित्रका विद्यालयलाई निर्णय कार्यान्वयन गर्न भनेको हो ।
बुधबार नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले विज्ञप्ति जारी गरि पुस २७ गतेदेखि माघ १५ गतेसम्म नगर भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक रुपमा उपस्थिति गराएर पठनपाठन गर्ने कार्य बन्द गरि शिक्षण सिकाई सहजीकरण निर्देशका २०७७ को व्यवस्था मिलाई बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन निर्देशन गरिएको उल्लेखछ ।

Leave a Reply

Your email address will not be published.