
दमक,२५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका ७ गेउरियामा निर्माण भएको प्रदेश स्तरीय आयुर्वेर्दिक औषधालय (अस्पताल ) को अवलोकन गरेका छन् ।
आज दिउँसो उनले औषधालयको स्थलगत अवलोकन गरि त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएका पालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
आफनो निर्वाचन क्षेत्रमा पर्ने उक्त औषधालयको अवलोकन निरीक्षण गरि उनले अस्पताललाई चाडो भन्दा चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने बताएका थिए ।
स्थानीयबासीले करिव एक विगाहा बढी निशुल्क उपलव्ध गराएको जमिनमा तीन तले सुविधासम्पन्न आयुर्वेर्दिक औषधालय निर्माण भएको हो । आयुर्वेर्दिक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि अझैसम्म सञ्चालनमा आउन सकेको छैन् । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाई दिन गाउँपालिकाले संघीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।
यसैगरि पालिकाकी अध्यक्ष काफ्लेले यस आयुर्वेदिक अस्पताललाई छिटोभन्दा छिटो सञ्चालनको व्यवस्था मिलाईदिन ओलीसंग आग्रह गरिन् ।
यसैगरि ओलीले आजनै कमल २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको समेत निरीक्षण गरेका छन् ।