मारवाडी मञ्च दमकको नयाँ नेतृत्व

दमक,१८ पुस । यहाँस्थित मारवाडी युवा मञ्च दमकको अध्यक्षमा विकास अग्रवाल चुनिएका छन् । मञ्चको सम्पन्न साधारणसभाले विकासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा धिरज अग्रवाल, महासचिवमा राजकुमार अग्रवाल,सहसचिवमा पंकज अग्रवाल ,कोषाध्यक्षमा संदीप गुप्ता र सहकोषाध्यक्षमा राजीव अग्रवाल चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा रजत अग्रवाल, कौशल अग्रवाल,आशीष अग्रवाल,विशाल अग्रवाल,रौनक अग्रवाल,साहिल अग्रवाल र बिमल र प्रद्युम अग्रवाल सदस्यका रुपमा मनोनीत भए । यस्तै,दिनेश अग्रवाल ,नवीन अग्रवाल,केशव अग्रवाल र नितेश अग्रवाल रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको मन्चले जनाएको छ । मन्चको निवर्तमान अध्यक्षमा विकास जिंदल छन् ।

Leave a Reply

Your email address will not be published.