
पथरीशनिश्चरे, १३ पुस ।गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे -८ मा ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ ।
नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर उपपमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरिन् । वडाध्यक्ष बाबुराम दाहालको अध्यक्षताको कार्यक्रममा घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले स्वरोगजार वन्ने माध्यमका रुपमा यसखाले तालिम सञ्चालन भएको जनाए। तालिममा ३० जनाको सहभागिता रहेको छ ।