साना कृषि औजारको प्रयोगले किसानलाई सहज -फोटो फिचर


नगेन्द्र मणी न्यौपाने
दमक, २८ असोज
, पछिल्ला दिनमा आएर नेपालको कृृषि क्षेत्रमा साना कृषि औजारको प्रयोग बढन थालेको छ । विगत केहि बर्षयता नेपाली किसानहरुले कृषि कार्यमा साना कृषि औजार प्रयोगमा ल्याउन थालेसंगै कृषि कर्ममा पनि सहज केहि भएको हो । छिमेकी मुलुक चिनमा निर्मीत साना कृषि औजारले अलिहे नेपाली किसानको खेतबारीमा मनग्य स्थान पाउन थालेका छन । थोरै लगानी गरेर यस्ता उपकरणहरुको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारमा किसानको आर्कषण बढदै जान थालेको हो ।

झापा दमक १० का यादव कुमार न्यौपानेले विगत तिन वर्षयता सानो हाते टयाक्टर (पावर टिलर)ले धान काटदै आएका छन । न्यौपानेले तिन वर्ष अघि करिब २ लाख रुपैया खर्चिएर खरिद गरेको धान काट्ने औजारले कृषि कार्यको दैनिकीलाई निकै सहज गरिदिएको छ ।

न्यौपानेले प्रयोगमा ल्याएको यो औजार अहिले आसपासका अन्य धेरै किसानलाई पनि धान काटन सहज बनाई दिएको छ । मिलेका गह्रामा यो औजारको प्रयोग गरेर एक घण्टामा ५ कठ्ठा सम्म धान काटन सकिने न्यौपाने बताए । पछिल्ला दिनहरुमा रोजगारीको खोजीमा युवाहरु बैदेशीक रोजगारीमा जाने थाले पछि कृषि क्षेत्रमा कृषि मजदुरको चरम अभाब हुदै गएको छ ।

कृषि मजदुरको अभाबमा कृषि कार्यगर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारहरुले निकै राहत मिलेको छ । साना कृषि औजारको प्रयोग बढन थालेपछि कृषि मजदुरको बिकल्प बनेका साना कृषि औजारले कृषिकार्यमा धेरै राहत प्रदानगरेको दमक १० का अर्का किसान रमेश कुमार न्यौपानेको बुझाई रहेको छ ।

किसान न्यौपानेले यो वर्ष करिब चार विगाह् जमिनमा मंसिरे धानको खेती गरेका छन । तर चाँड बाँडकै मुखमा आएर खेतमा धान पाकेपछि कृषि मजदुरको अभाबमा धान कसरी काटने भन्ने चिन्तालाई साना कृषि औजारले दुर गरिदिएको उनको बुझाई रहेको छ । अहिले नेपालको कृषि क्षेत्रमापनि साना तथा ठु्ला कृषि औजारको प्रयोग बढदो क्रममा रहेको छ ।

आज भोली किसानले जोत्न, धान रोप्न, काटन लगायतका काममा यस्ता कृषि औजारको प्रयोगलाई महत्व दिदै आएका छन । साना कृषि औजारको प्रयोगले कृषिक्षेत्रमा केहि सहजता ल्याइदिएको भएपनि सरकारको झण्झटिलो कृषि नीतिका कारण यस्ता कृषि औजारको खरिद तथा प्रयोगमा केहि जटिलता रहेको बिगत लामो समयदेखि टयाक्टरको प्रयोगबाट खेती किसानी गर्दै आएका अर्का स्थानीय किसान कुवेर न्यौपानेले गुनासो गरेर ।

कृषि क्षेत्रमा कृषि औजारको प्रयोगले कृषि कर्ममा सहजता ल्याईदिएको भएपनि औजारमा प्रयोग हुने इन्धनतथा कल पुर्जा खरिदमा निकै महंगो मुल्य तिर्नुपर्ने बाध्यताका कारण किसानका लागि यन्त्रको प्रयोगपनि निकै भारी हुनेगरेको छ ।

स्थानीय सरकारहरुले पनि पछिल्ला दिनमा आएर कृषिक्षेत्रमा प्रयोग हुने साना कृषि औजारको प्रयोगलाई निकै महत्वका साथ हेरिरहेका भएपनि यसको दिर्घकालिन उपयोगका बिषयमा भने गम्भिर नहुदा समस्या हुनेगरको किसानको भनाई रहेको ।


Leave a Reply

Your email address will not be published.