
शिवगञ्ज,२० असोज । शिवगञ्ज बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी शिबगञ्ज बहुमुखी क्यापसको इकाई कमिटी भेलाले बिकास महतोको अध्यक्षतामा ५१ सदस्यीय इकाई कमिटी गठन भएको छ । गठित कमिटीको तीन उपाध्यक्षमा मनिसा राजबंशी ,कुसिला ताजपुरिया ,लक्ष्मण राजबंशी ,सचिवमा विशाल राजवंशी , तीन सहसचिवमा आदेश घिमिरे ,भोले शंकर राजबन्शी मञ्जु बमजन तामाङ,कोषाध्यक्षमा ममता राजबंशी सर्बसम्मत चयन भएका छ्न् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराई, अखिल क्रान्तिकारीका जिल्ला सचिव राजन चापागाईं ,नगर सचिवालय सदस्य सन्जय राई, माधब बास्कोटा लगायतले मन्तब्य राखेका थिए।
उनीहरुले शिक्षालाई प्राबिधिक र ब्याबहारिक बनाउन जोड दिएका थिए ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला सदस्य देबु चापागाईं, भेस राज आचार्य लगायत को उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका नगर अध्यक्ष बिरेन्द बस्नेतले गरेका थिए भने अध्यक्षता वसन्त ताजपुरियाले र स्वागत मन्तव्य भेसराज आचार्यले गरेका थिए ।