पिएससीलाई हराउदै भेटरान जुनियर विजयी

कमल,१९ असोज। कमल ५ गुहेश्वरी स्थित खेल मैदानमा आज भएको खेलमा भेटरान जुनियर विजयी भएको छ । उसले धरमपुरको पीएससीलाई शून्यका बिरुद्ध २ गोल गरि जित हासिल गरेको हो ।
जितसंगै भेटरान दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । स्व.सौरभ ताजपुरियाको स्मृतिमा सोमबारदेखि फूटवल प्रतियोगिता शुरु भएको आयोजक स्व. सौरभ स्मृति कपका संयोजक गचन सुब्बाले बताए ।
आज भएको खेलमा विजेता टिमका विकास लिम्बू म्यान अफ दि म्याच घोषित भए । उनलाई स्व. शौरभका पिता सत्यनरायण ताजपुरियाले पुरस्कार प्रदान गरेका थिए ।
कमल ६ जिम्दार चौक निवासी स्व. सौरभ ताजपुरियाको स्मृतिमा ञ्चिालित प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने जनाइएको छ ।
संयोजक सुब्बाका अनुसार प्रतियोगितामा झापा,मोरङ र इलामका विभिन्न आठ वटा टिम सहभागि रहेका छन् ।जसअन्तर्गत भोलि बुधबार बेलडाँगीको वीवाइसी र केर्खा स्टार वीच खेल हुने संयोजक सुब्बाले बताए ।
प्रतियोगितामा विजेतालाई नगद रु ५५ हजार र उपविजेतालाई नगद रु २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ हुने गोलकिपर,उत्कृष्ठ खेलाडी लगायतलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार रुपैया खर्च हुने अनुमान छ । तीन वर्ष अघि सडक दुर्घटनाबाट ज्यान गुमाएका सौरभको सम्झनामा उनका साथीभाईहरुले पहिलोपटक फूटवल प्रतियोगिता गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published.