
दमक, १३ असोज । झापाको दमक १० मा यहि असोज १६ गतेबाट सञ्चालन हुनगइरहेको जिल्ला स्तरीय सेतुमारी कप २०७८ को खेल तालिका सार्वजनिक गरिएको छ ।
स्थानीय सेतुमारी युवा समाज दमक १० को अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको खेल तालिका आयोजकले सार्वजनिक गरेको हो । झापा र मोरङका बिभिन्न टिमले सहभागिता जनाउने सो प्रतियोगिता सतुमारी खेल मैदान सञ्चालन गरिने समाजका अध्यक्ष धिमालले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनकालागि खेल मैदान सम्माउने लगायतका आवश्यक पूर्वाधार निर्माणको कामपनि गरि सकिएको धिमालले बताए । प्रतियोगीता विजेता टिमले नगर २५ हजारका साथै मेडल ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ संगै मेडल ट्रफि प्राप्तगर्ने अध्यक्ष धिमालले बताए ।
सो प्रतियोगिताकालागि प्रथम पुरस्कारको नगद २५ हजारको धनराशी बेलायतमा कार्यरत व्रिटिश आर्मी रोहित राई र दोस्रो पुरस्कार स्वरुप नगद १५ स्थानीय रोशन सिंखाडा हाल कोरियामा कार्यरतले प्रायोजन गरिसकेको धिमालले जानकारी दिए । सो प्रतियोगिता सञ्चालनकलागि अन्य क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएको छ ।